पूर्वअरनिको यातायातको कोटेश्वरस्थित बसपार्क आयो सञ्चालनमा

काठमाडौँ : पूर्व अरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ। आइतवारबाट प्रालिले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो। पूर्व अरनिको यातायात प्रालिको आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आज सञ्चालनमा आएको हो।जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्व अरनिको यातायात प्रालिले झन्डै १०

सम्बन्धित सामग्री

पूर्वअरनिकोले जित्यो काठमाडौं महानगरविरुद्धको मुद्दा, बसपार्क नभत्काउन आदेश

१८ पुस, काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरलाई उच्च अदालतले निषेधाज्ञाको आदेश दिएको छ । बुधबार न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पूर्वअरनिकोले बनाएको बसपार्क नभत्काउन निषेधाज्ञा जारी गरेको हो । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेपछि […]

जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क सञ्चालनमा आयाे

काठमाण्डाै – पूर्वअरनिको यातायात प्रालीले काठमाण्डाैकाे जडीबुटीमा निर्माण गरेको बसपार्क आज आइतवारदेखि सञ्चालनमा आएको छ ।पूर्वअरनिको यातायात प्रालीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाण्डाै महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजदेखि सञ्चालनमा आएको हो ।जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्राली दर्ता गरेर पूर्वअरनिको यातयात प्रालीले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज काठमाडौँ महानगरपालिकाको नाममा उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा […]

जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानून विपरीत छैन : पूर्वअरनिको यातयात

काठमाडौं । पूर्वअरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरीत नभएको बताएको छ । सोमबार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियमअनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातयात प्रा.लि.का अध्यक्ष केदार […]

पूर्वअरनिकोको चेतावनी : महानगरले बल प्रयोग गरे प्रतिकार गर्छौं

८ असोज,काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले जडिबुटीमा बनाएको बसपार्क सञ्चालन गर्न नदिए प्रतिकार गर्ने बताए । प्रालिले सोमबार पत्रकार सम्मेलन गरेर बसपार्कको संरचना नियमसम्मत रुपमा बनाएको दाबी गर्दै सञ्चालनको अनुमति दिनुपर्नेमा महानगरले भत्काउने चेतावनी दिएकामा आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाले आफूहरुको नीति गोंगबुमा रहेको बसपार्क मात्र सञ्चालन गर्ने नीति रहेको भन्दै अर्को बसपार्क सञ्चालन […]

जडीबुटीमा अरनिकोले बनायो बसपार्क, चलाउन नदिने काठमाडौं महानगरको चेतावनी

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२, जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेको छ । १४ रोपनी जग्गा भाडामा लिएर अरनिकोले बसपार्क निर्माण गरेको हो । तर, प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई सञ्चालन गर्न नदिने बताएका छन् । […]