बजाज मोटरसाइकलले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सञ्चालन गरेको थियो ।२७ जेठमा सोही योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको छ । बम्पर पुरस्कारबापत १० लाख नगद पुरस्कार मोरङको उर्लाबारीकी तुलसादेवी अधिकारीले जितेकी छिन् । उनले उर्लाबारीस्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन् ।