काठमाण्डाै - नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ । आर्थिक वर्षको अन्त्यमा मात्रै हतारमा कमसल काम गर्ने कार्यशैलीमा परिवर्तन ल्याउने उद्देश्यकासाथ अर्थ मन्त्रालयले नयाँ बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो ।
हिजो जारी भएको मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा परेका निर्माण आयोजनाको तयारी चरण पूरा गरी कार्यक्रम/आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान समेत तयार पारेर यही साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गरिसक्न भनि...