युवा संघले खादा माला प्रयोग नगर्ने

८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । ‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक […]

सम्बन्धित सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह - NepaliPatra

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणको कार्यालयले विमानस्थलमा बाहिर देखिने गरी खादा, माला नल्याउन आग्रह गरेको हो । खादा, मालाका कारण विमानस्थलका सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै कार्यालयले यस्तो आग्रह गरेको हो । यात्रुले लगाएको खादा, मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याइरहेको कार्यालयले जनाएको […]

मुख्यमन्त्रीले खादा,माला र अबिर नलगाउने, घटाए सुरक्षा स्कर्टिङ्ग

व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गरेका छन् ।

मुख्यमन्त्रीले खादा,माला र अबिर नलगाउने, घटाए सुरक्षा स्कर्टिङ्ग

व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गरेका छन् ।

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा तीन लाख जम्मा

मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम संकलनगरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए।...

मन्त्रीका थरीथरी ‘स्टन्ट’

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।...

शुक्लाफाँटाको वडा नम्बर १ ले खादा र माला नकिन्ने, आसन ग्रहणमा समय खर्च नगर्ने

काठमाण्डाै - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ ले अतिथिलाई सरकारी खर्चबाट फूल, माला, खादा  नकिन्ने भएको छ । वडा नम्बर १ को कार्यालयले सूचना निकालेर वडामा हुने सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष, सभाध्यक्ष तथा प्रमुख अतिथि रहने कार्यक्रमहरुमा कुनै पनि अतिथिलाई सरकारी खर्चमा खादा, माला नलगाउने जनाएको छ । खादा र मालामा धेरै रकम खर्च हुने गरेको र वास्तविक खर्चभन्दा धेरैको बिल समेत बनाएको पाइएकाले वडाको खर्चमा फूलमाला र खादा नकिन्ने निर्णय गरिएको वडाअध्यक्ष उत्तरदेव भट्टले जानकारी दिनुभयो । ‘सबै प...

मेयर बालेन शाहले लिए सपथ, फोहोरो ब्यबस्थापन नभएसम्म खादा माला नलगाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले पदभार ग्राहक गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएपछि उनीहरुले सुन्धारा स्थित महानगरको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।मेयर शाहले पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार सो निर्णय गरेका हुन्।मेयर शाहले सपथ ग्रहण कार्यक्रम र पदभार ग्रहण कार्यक्रममा खादा र माला लगाउन अस्विकार गरेका छन् । उनले फोहोर ब्यबस्थापन नभएसम्म खादा, माला , टिका नलगाउने तथा कुनै पनि संचार माध्यमलाई अन्तर्वार्ता समेत नदिने समेत बताएका छन् । सिसडोलवासी काठमाडौँवासीको फोहोरको कारण समस्यामा परिरहेको, सिसडोलवासीलाई फोहोरका क्यान्सर हुने गरेको, छालाको रोग देखा परिरहेको, स्वच्छ हावा समेत लिन नपाएको अवस्था रहेकोले उनले आफ्नो पहिलो प्राथमिकता नै फोहोरो ब्यबस्थापन रहेको बताए ।

एमाले महाधिवेशन : खादा मालाको व्यापार सुरु

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनुभन्दा केही समय अगाडिदेखि नै व्यापारीहरुले बेच्नका लागि खादा माला ल्याएर राखेका छन् । व्यापारीहरुले निर्वाचनमा निर्वाचित उम्मेदवारहरुलाई लगाइदिएर बधाई दिन खादा, माला, टीकालगायतका सामग्री बेच्नका लागि तयार पारेर राखेका हुन् । मंगलबार बिहान चार बजेदेखि सुरु भएको निर्वाचन बिहान […]