काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरीदिन अनुरोध गरेको छ। शुभकामना र बधाई दिने नाममा प्रचण्डलाई माला र खादाले छोप्ने गरी लगाएको फोटोको विरोध भएपछि सचिवालयले सो अनुरोध गरेको हो।