काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले पदभार ग्राहक गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएपछि उनीहरुले सुन्धारा स्थित महानगरको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।मेयर शाहले पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार सो निर्णय गरेका हुन्।मेयर शाहले सपथ ग्रहण कार्यक्रम र पदभार ग्रहण कार्यक्रममा खादा र माला लगाउन अस्विकार गरेका छन् । उनले फोहोर ब्यबस्थापन नभएसम्म खादा, माला , टिका नलगाउने तथा कुनै पनि संचार माध्यमलाई अन्तर्वार्ता समेत नदिने समेत बताएका छन् । सिसडोलवासी काठमाडौँवासीको फोहोरको कारण समस्यामा परिरहेको, सिसडोलवासीलाई फोहोरका क्यान्सर हुने गरेको, छालाको रोग देखा परिरहेको, स्वच्छ हावा समेत लिन नपाएको अवस्था रहेकोले उनले आफ्नो पहिलो प्राथमिकता नै फोहोरो ब्यबस्थापन रहेको बताए ।