स्वास्थ्यमन्त्रीकाे आग्रह : ‘परिस्थितिकाे ख्याल गर्दै चाडपर्व मनाउनुस्’

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप  नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आइतबार शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोन...

सम्बन्धित सामग्री

काभ्रेमा चाडपर्व अवधिभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ […]

‘चाडपर्वको खानपानले आफूलाई हानी गर्नु हुँदैन’

दसैं सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। नेपालीको विशेष पर्व दसैंमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। पर्व त हो नि भनेर खानपानमा ख्याल नगर्दा त्यसले जीवनमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकले योजना बनाएर मात्र चाडपर्व मनाउन सुझाव दिएका छन्। दसैं र खानपानको विषयमा मुटु रोग विशेषज्ञ डा. रञ्जित शर्मासँग खबरहबका […]

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र : भोजपुरका पसलमा अस्वस्थ मासु फेला

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । “नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको […]

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चाडपर्व मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, १ माघ: राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चाडपर्व मनाउन आग्रह गरेकी छिन् । माघी र मकर संक्रान्तीको अवसरमा शुभकामना दिँदै राष्ट्रिपति भण्डारीले आ–आफ्नो स्वास्थ्यको ख्याल गरी चाडपर्व मनाउन आग्रह गरेकी हुन् । उनले शुभकामना दिँदै विविध चाडपर्वले नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको भावनामा आवद्ध गर्ने बताइन् । माघे संक्रान्ति वा मकर संक्रान्ति […]

फजुल खर्च नगरी तिहार मनाऔँ : ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्व मनाउदा फजुल खर्च नगर्न आह्वान गरेका छन् । तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्,’औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई […]

भाइटीका लगाउँदा यी कुरामा ख्याल गरौं

कोरोना संक्रमण कम भए पनि जोखिम हटेको छैन । जोखिमकै बीच दशैँ, तिहार लगायतका चाडपर्व मनाउँदैछौं । दशैँमा जस्तै तिहारमा पनि टीका लगाउँदा कोरोना संक्रमण हुन्छ कि भनेर विशेष ध्यान दिनुपर्छ ।  तिहारमा भाइटीका लगाउन जाँदा कति मान्छेसँग भेट भएको हुन्छ । अर्को कुरा घरमा त आफ्नै आफ्नै भएका कारण कोरोना नहुन सक्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर रोगले आफ्नो अर्को भन्दैन । त्यसकारण घरमा पनि मास्क लगाउनु पर्छ । र, मास्क लगाउन हिचकिचाउनु हुँदैन ।  चाडपर्वको रमाइलो त गर्ने । तर, भिडभाड नगर्ने । सकेसम्म अलि परपर बस्ने ।&nbs...

महँगीको मारमा उपभोक्ता

नेपालको सविधान २०७२ को भाग ३ धारा ४४ मा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्था गरिएको छ जसमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भन्ने स्पष्ट व्यवस्था गरिएको छ । उपभोक्ता अधिकारलाई सुनिश्चत गर्न विसं २०५५ साल वैशाख १ गते उपभोक्ता सरक्षण ऐन जारी गरिएको थियो । महŒवपूर्ण चाडपर्वमा आम उपभोक्ता ठगिने गरेका छन् । पर्वहरू नजिकिँदा विक्रीकर्ताहरूले बढी मूल्य लिएर उपभोग्य वस्तुहरू बेच्ने गरेका छन् । बजार मूल्य सरकारको नियन्त्रणभन्दा बाहिर गएको देखिन्छ । बजार अनुगमन पनि खासै हुन सकेको छैन । अनुगमनका लागि विभिन्न निकायको व्यवस्था नगरेको होइन । उपभोक्ता शिक्षित भएर पनि उपभोग्य वस्तुको गुणस्तरमा खासै ध्यान दिने गरेको पाइँदैन । उपभोक्ता हित संरक्षणका संगठनका पनि स्थापना भएका छन् । तर, उपभोक्ताको पक्षमा उल्लेख्य काम गरेको पाइँदैैन । सामान्य विषयमा पनि वास्ता नगर्ने परिपाटीले गर्दा थप समस्या सृजना भएको छ । हामीमा कतिपय महत्त्वपूर्ण विषयमा जानकारी भएर पनि वास्ता नगर्ने बानीका कारणले गर्दा म्याद नाघेका तथा गुणस्तरहीन साामानको उपयोग नगरी नहुने अवस्था आउने गरेको छ । सामानको मूल्य धेरै असुल्ने अनि तौल कम दिने तथा मिसावट गरी उपभोक्ता ठगी गर्ने व्यापारीका बिगबिगी नै देखिएको छ । सामान्य नाफाले नपुगेर मनलाग्दी रकम असुल्ने प्रवृत्ति देखिएको छ । हरेक क्षेत्रमा बेथितीले घेरेपछि कसरी पार लगाउन सकिन्छ ? इमानजमान तथा बोलेका कुरा व्यवहारमा उतार्नुपर्छ भन्ने नभएपछि निकै कठिन हुन्छ । राज्यले सामान्य कार्यसमेत नगर्ने र जिम्मेवारीबाट भाग्ने काम गरेको अनुभव हुन्छ । कर्मचारीमा काम गर्ने प्रवृत्ति कम छ । जनताको काम सहजै गरिदिने परिपाटीको विकास हुन नसक्दा नै यस्तो समस्या आएको हो भन्न सकिन्छ । देश सञ्चालनको जिम्मा पटकपटक लिएका पार्टीहरूको दृष्टिविन्दु सही हुन नसक्दामा आज समस्या थप पेचिलो बनेको छ । नेतृत्व गतिलो बन्न नसक्दा यसमा मोह नजागेको निश्चित हो । बजारमा अप्रत्याशित रूपमा वस्तुको मूल्य वृद्धि हुँदा विद्यार्थी संगठनहरू एक भएर विरोधमा उत्रने भए सरकारले पक्कै पनि सम्बोधन गर्न बाध्य हुने अवस्था सृजना हुने थियो । हाम्रो देशका विद्यार्थी संगठन सबै माउ दलको निर्देशनमा मात्र काम गर्ने भएकाले उनीहरूबाट जनपक्षीय कार्यको अपेक्षा गर्नु बेकार नै हुन्छ । वास्तवमा यस्ता संगनठको औचित्य नै देखिँदैन अहिलेको अवस्थामा । स्थानीय तहमा जेजस्ता काम हुने गरेका छन ती निकै कम ठाउँमा मात्र उपयुक्त देखिएका छन् । लामो समय नेतृत्वविहीन रहेकाले एउटा पुस्ता नै राजनीतिबाट पर पुगे । त्यसैले स्थानीय तहले प्रभावकारी काम गर्न सकेको छैन, जनउत्तरदायी बन्न सकेको छैन । बजार अनुगमनको जिम्मा पाए पनि यसले प्रभावकारी काम गर्न सकेको छैन । देशमा सबैले सहजताकासाथ गुजारा चलाउने वातावरणको सृजना होस् भन्ने आममानिसले चाहेका हुन्छन् । तर, त्यो अपेक्षामा नै सीमित रहेको छ । जनचाहनाको ख्याल गरेको भए पुनः निर्वाचनमा दलले बहुमत पाउने अवस्था हुने थियो । स्थानीय तहमा पनि बजार अनुगमन हुनसक्छ तर यसप्रति भने कुनै चासो देखाएको पाइँदैन । सरकारले चाडपर्व नजिकिँदै जाँदा बजार अनुगमन गर्ने संयन्त्रको निर्माण गरी उपभोक्ता चर्को मूल्यको मारमा परी नठगिऊन् भनेर केही काम गरेझैं गर्छ । तर, त्यसले कुनै भिन्नता बजारमा आउन सक्दैन । चाडपर्वको मुखमा जथाभावी मूल्य वृद्धि हुँदा आम उपभोक्ता ज्यादै मारमा परिरहेका हुन्छन् । तर, यो समस्याप्रति सम्बद्ध निकायबाट कुनै परिणामुखी कदम चालेको पाइँदैन । व्यापारीहरूले पर्वको समयलाई ठगी गर्ने सुवर्ण मौकाको रूपमा लिँदै अनुचित फाइदा उठाउँदै आएका हुन्छन् । स्वतन्त्र र उदार बजारलाई यो प्रवृत्ति चुनौती बनेको छ । यसलाई नियमन र नियन्त्रण गर्ने काम सरकारको हो । साथै उपभोक्ताले पनि आफूले उपभोग गर्ने सेवा र वस्तुका बारेमा जानकारी लिनुपर्छ । नापतौलमा ठगी गर्ने, बजारमा कृत्रिम अभाव सृजना गर्ने, गुणस्तरहीन खाद्यवस्तुको विक्रीवितरण गर्ने, म्याद सकिएका सामानमा रिलेबलिङ गर्ने, मूल्य बढी लिनेजस्ता कार्यले आम उपभोक्ता ठगिने गरेका छन् । बजारमा गैरकानूनी रूपमा कुनै पनि सामान तथा उपभोग्य वस्तुको विक्री गर्ने व्यापारीलाई कारबाही गर्ने विभिन्न कानून र निकाय नभएका पनि होइन । तर, तिनले गर्ने अनुगमन र कारबाही नाम मात्रका हुने गरेका छन् । यिनले बजारमा प्रतिस्पर्धा कायम गराउने र उपभोक्तालाई सजग गराउने काम पनि राम्ररी गर्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे तापनि चाडपर्वमा भने विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको देखिन्छ । जसरी बजार अनुगमन गरे पनि उपभोक्ता ठगिने क्रम रोकिएको देखिँदैन । विभागसँग पर्याप्त जनशक्ति र प्रविधि नै छैन । हाल नेपाल नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरिरहेको बताइन्छ । बजारमा भने हरेक सामानको मूल्य आकाशिँदो छ ।   हाम्रो बजार अनुगमन ‘तँ कुटेजस्तो गर म रोए जस्तो गर्छु’ भनेझैं पो भएको छ । निम्न तथा मध्यम वर्गका उपभोक्ता आज महँगीको मारमा नराम्ररी फसेका छन् । सम्बद्ध निकायको अकर्मण्यताका कारण आम उपभोक्ता पीडामा रहन विवश देखिन्छन् । हाम्रा विद्यमान ऐन कानूनले उपभोक्तालाई आफूले उपभोग गर्न चाहेको वा उपभोग गरेको वस्तु तथा सेवामा आफू ठगिएको वा गुणस्तरहीन भएको लागेमा उजुरी गर्ने अधिकार छ । गुणस्तरहीन पदार्थको प्रयोगबाट उपभोक्तालाई हानिनोक्सानी भएमा क्षतिपूर्ति दिने व्यवस्था पनि रहेको छ । कतिपय उपभोक्तालाई यस्ता अधिकारका बारेमा कुनै पनि जानकारी नभएको पाइन्छ । यसको फाइदा भने व्यापारी वर्गले लिइरहेका हुन्छन् । बजारमा व्यापारीबाट ठगिनबाट बच्न उपभोक्ता ज्यादै चनाखो हुनुपर्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

चाडपर्वमा मासु कति खाने, कसरी खाने ?

दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात् मासु खाने पर्व । थरीथरीका मासु खाइन्छ नै । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभतेरले पनि हाम्रो पेट खाली राख्न दिँदैन । बरु आवश्यकताभन्दा बढी खाइदिन्छौँ । चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा सद्दे मानिस पनि अस्पताल पुग्नु परेका घटना धेरै छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा ...

सावित्री कंचनजंगा अगरबत्तीले भीडभाड हुने ठाउँमा बाँड्यो मास्क

काठमाडौँ-  सावित्री कंचनजंगा अगरबत्तीले भीडभाड हुने राजधानीका विभिन्न स्थान पुगेर मास्क बाँडेको छ। कोरोना महामारीको सम्भावित जोखिमलाई कम गर्न स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मास्क बाँडिएको सावित्री कंचनजंगाले जनाएको छ। ‘मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं’ अभियान चलाएर  तरकारी , फलफूल बजार तथा फुटपाथ क्षेत्रमा भएका मानिसहरुलाई निःशुल्क मास्क दिइएको थियो। निषेधाज्ञा हटाइएसँगै र दशैँलगायत चाडपर्व […]