दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ ।
चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात् मासु खाने पर्व । थरीथरीका मासु खाइन्छ नै । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभतेरले पनि हाम्रो पेट खाली राख्न दिँदैन । बरु आवश्यकताभन्दा बढी खाइदिन्छौँ ।
चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा सद्दे मानिस पनि अस्पताल पुग्नु परेका घटना धेरै छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा ...