संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहका अनुसार ज्ञापनपत्र बुझाउने क्रममा मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको म