विश्व बैंकले दियो बागलुङ नगरपालिकालाई सहयोग

काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चार वटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ । उक्त बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले यहाँको भौतिक पूर्वाधार विकासका लागि ५८ करोड अनुदानस्वरुप दिने भएको हो । प्राप्त हुने रकममध्ये तीन करोडको लागतमा सबै सडकको डीपीआर बनाइने र ५५ करोडबाट पूर्वाधारको काम […]

सम्बन्धित सामग्री

बैंकलाई गाली गरेर मात्र समस्या समाधान हुन्छ ?

सबैभन्दा पहिला निजी क्षेत्रद्वारा प्रवर्धित बैंकहरू स्थापना नभएको भए के हुने थियो भनेर मूल्यांकन गर्न जरुरी छ । निजी क्षेत्रको वित्तीय संस्था नभएको भए के हरेक क्षेत्रमा यति धेरै लगानी विस्तार सम्भव थियो ? आज हजारौं मेगावाट जलविद्युत् परियोजनाहरू विदेशी ऋण लगानीबिना सम्भव भएको छ । कुनै नाजायज शर्तहरू लगानीको क्रममा छैन । पर्यटन क्षेत्रमै हेरौं । आज हरेकजसो शहरमा बिनातारेदेखि पाँचतारेसम्मका होटलहरू सञ्चालनमा छन् । नेपालको हरेक कुनामा रिसोर्ट र साहसिक पर्यटकीय क्षेत्र पनि विस्तार भएको छ । यातायात क्षेत्रमा सरकारको लगानी शून्यप्राय: छ, निजी सवारी साधन, सार्वजनिक यातायातदेखि हवाई क्षेत्रमा वित्तीय संस्थाको लगानी उल्लेखनीय छ जसले यस क्षेत्रको विकास भई नेपालको हरेक कुनामा यातायात सहज भएको छ । नभए हवाई जहाजको टिकट लिन मन्त्रीको तोक आवश्यक हुने थियो । आज सिमेन्टमा मुलुक आत्मनिर्भर छ । स्मरण गरौं, तीन साना सिमेन्ट कारखाना स्थापना गर्न लिएको विदेशी सहयोगको । शिक्षा र स्वास्थ क्षेत्रको पनि विकासमा वित्तीय क्षेत्रको महत्त्व उत्तिकै छ । राम्रो उपचार र राम्रो शिक्षाका लागि विदेश जानुको विकल्प हामीसँग हुने थिएन । यसरी हामीसँग जोडिएको हरेक क्षेत्रको विकासमा वित्तीय संस्थाको साथ र सहयोग नभएको भए सम्भव थिएन । तर, बीसौं वर्षपछि कोभिड र विश्व आर्थिक समस्याका कारण व्यवसायमा आएको नोक्सानी र ह्रासको दोष वित्तीय संस्थाले लिनुपर्ने हो र ? बरु कोभिडबाट भएको नोक्सानीमा सरकारले व्यवसायीलाई राहत दियो । वित्तीय संस्थालाई आफ्नो कमाइबाट २ प्रतिशत ब्याज छुट दिन लगाइयो । राष्ट्र बैंकमार्फत पुनर्कर्जा प्रदान गरियो तर बिडम्वना केही पुनर्कर्जा दुरुपयोग भई अनप्रोडक्टिभ सेक्टरमा लगानी हुन पुग्यो । रसिया युक्रेन युद्धसँगै अन्तरराष्ट्रिय रूपमै पेट्रोलियम पदार्थ लगायत अन्य वस्तुको मूल्यवृद्धि भई विदेशी मुद्रामा चाप पर्‍यो । अन्तरराष्ट्रिय स्तरमै ब्याजदर वृद्धि हँुदा हरेक क्षेत्रमा माग कम हुँदा विश्व आर्थिक मन्दीतर्फ धकेलियो । फलस्वरूप व्यापार व्यवसाय शून्यप्राय: हुनु र बैंक ब्याज ५० प्रतिशतसम्म वृद्धि हुनु तथा बेस रेटसँगै प्रिमियम वृद्धिले व्यवसायीमा आक्रोश देखिनु स्वाभाविकै हो । तर, जिम्मेवार व्यक्तिहरूबाट अराजक वक्तव्यहरू दिइनु, व्यवसायीलाई भड्काउनु, बैंकका कर्मचारीलाई धम्की दिनुले केवल वित्तीय अस्थिरता ल्याउँछ । यसले समग्र निजीक्षेत्रको विकासमा असर गर्छ भन्ने पनि हेक्का राख्नु पर्छ । निजीक्षेत्रका संगठनहरूले पनि यी सबै विषय वस्तु बुझेरै सम्बन्धित निकायमा व्यवसायीको पीडा राख्दै समाधानका लागि पहल गरी नै रहेको छ । समस्याको हालको समाधानसहित व्यवसायी, वित्तीय संस्था र नियमनकारी निकायले पनि पहिला गरेको गल्ती मनन गरेर वित्तीय क्षेत्रको स्थायित्व र निजी क्षेत्रको विकासका लागि एक जुट भएर लाग्न जरुरी छ । (व्यवसायी पाण्डेको फेसबुकवालबाट)

विश्व बैंकले दियो १३ अर्ब सहुलियत ऋण

काठमाडौं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण(डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच ऋण सम्झौता भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्न बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ ।करिब १३ अर्ब नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋणअन्तर्गत तीन सहिलयतपूर्ण ऋण डीपीसी […]

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण सहयोग

काठमाडौं।काँग्रेसमो केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ।विश्व बैंकले नेपाललाई १० अर्ब ऋण सहयोग गरेको छ।पर्साबाट स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन्।साउनमा ब्याजदर नबढाउन बैंकर्स संघले निर्णय गरेको छ र एकदिवसीय क्रिकेटको वरीयतामा नेपालको स्थान यथावत रहेको छ।

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण

२९ असार, काठमाडौं । विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बीच बुधबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । […]

विश्व बैंकले नेपाललाई हालसम्म दियो ३ अर्ब डलर

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’ भेटमा उनले भने । विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको बित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ ।सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।‘विश्व बैंकसँगको बित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गनृ हामी सबैको प्रयास रहनेछ’ मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक बर्ष ०७९–८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएका थिए ।‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बन्चितिकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु’ उनले भने ।सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताईन् । उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी  लागेको बताउँदै आगामी दिनमा पनि बित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने जानकारी गराएकी छिन् ।

विश्व बैंकले नेपाललाई दियो १५ करोड अमेरिकी डलर ऋण

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सहयोग वित्तीय समाधानको विविधीकरण...

विश्व बैंकले युक्रेनलाई दियो ७२ करोड अमेरिकी डलर

एजेन्सी । विश्व बैंकले युक्रेनलाई ७२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले युक्रेनलाई ऋण र अनुदान सहयोगस्वरुप करिब ७२ करोड ३० लाख अमेरिकी डलर सहयोगका लागि अनुमोदन गरेसँगै युक्रेनले विश्व बैंकबाट आर्थिक सहयोग पाउने भएको हो । हाल युक्रेन रुसको आक्रमणको सामना गरिरहेको छ । बैंकले आगामी महिनाभित्र […]

डब्ल्यूएचओले मलेरियाको पहिलो भ्याक्सिनलाई दियो मञ्जुरी

मलेरियाको पहिलो भ्याक्सिन RTS,S/AS01 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ । मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग संकलन गर्नेमा हुनेछ ता कि खोप समस्त देशसम्म पुर्याउन सकियोस् ।त्यसपछि सम्बन्धित देशको सरकारले मलेरियालाई नियन्त्रण गर्ने उपायमा खोपलाई समावेश गर्ने नगर्ने भनेर निश्चित गर्नेछ । डब्ल्यूएचओले मलेरियाबाट सबैभन्दा बढी प्रभावित देशका लागि यो भ्याक्सिनले एउटा

विश्व बैंकले नेपाललाई दियो ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर

कोरोना महामारीविरुद्ध उपचार तथा दीर्घकालीन अक्सिजन आपूर्ति क्षमता बढाउनका लागि उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

जापानले भारतलाई दियो तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर

एजेन्सी। कोरोना महमारीले थलिएको भारतमा विश्व समुदायको सहयोग ओइरो लागेको छ। आज मात्र जापानले भारतलाई तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर उपलब्ध गराउने घोषणा गरेको हो। आजै मात्र कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले पठाएको एक जहाज सामाग्री भारतको नयाँदिल्ली पुगेको छ। चीनले पनि भारतलाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ। बेलायत र फ्रान्स यसअघि नै सहयोग गर्ने घोषणा गरिसकेका छन्।