जापानले भारतलाई दियो तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर

एजेन्सी। कोरोना महमारीले थलिएको भारतमा विश्व समुदायको सहयोग ओइरो लागेको छ। आज मात्र जापानले भारतलाई तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर उपलब्ध गराउने घोषणा गरेको हो। आजै मात्र कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले पठाएको एक जहाज सामाग्री भारतको नयाँदिल्ली पुगेको छ। चीनले पनि भारतलाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ। बेलायत र फ्रान्स यसअघि नै सहयोग गर्ने घोषणा गरिसकेका छन्।

सम्बन्धित सामग्री

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।  सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे ।यस किसिमको सहयोगबाट नेपाली सेन

ताइवानको चु ची फाउन्डेसनले दियो चिकित्सक संघलाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य संस्थामा सहयोग गर्न चु ची फाउन्डेसनले संघलाई अक्सिजन प्लान्ट ५ थान, भेन्टिलेटर १० थान , बाइ प्याप मेसिन २००, हाइ फ्लो न्याजल क्यानोला २००, मोनिटर ४०, अक्सिजन कन्सन्ट्रेटर ५०५, सर्जिकल मास्क १६ हजार, पीपीई २ हजार, गाउन ३ हजार र ग्लोब्स् १ लाख ४० हजार थान सहयोग गरेको छ।

स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी […]

स्वास्थ्य मन्त्रालयले नै दियो बेड खालीको गलत सूचना

४ जेठ, काठमाडौं । कोरोना संक्रमितहरुले काठमाडौं उपत्यकाका अस्पतालहरुमा आईसीयू वा भेन्टिलेटर होइन, अक्सिजन बेडसमेत पाउन मुश्किल छ । भेन्टिलेटरकै खोजीमा कतिपय बिरामी हेलिकप्टरमार्फत पोखरा र झापासम्म पुगेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा …

होङसीले सरकारलाई दियो २०० थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं। होङ्सी शिवम् सिमेन्टले सरकारलाई आठ लिटर क्षमताको २०० थान अक्सिजन कन्सन्ट्रेटर दिएको छ। चीन सरकारले सहयोगस्वरुप दिएको ४०० अक्सिजिन सिलिन्डर र १० थान भेन्टिलेटर ल्याउँदा कम्पनीको कन्सन्ट्रेटर पनि ल्याइएको थियो। नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट ल्याइएको कन्सन्ट्रेटर कम्पनीका अध्यक्ष शतिसकुमार मोरले स्वास्थ्यमन्त्री हृदयेश त्रीपाठीलाई हस्तान्तरण गरे।

होङसीले सरकारलाई दियो २०० थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं। होङ्सी शिवम् सिमेन्टले सरकारलाई आठ लिटर क्षमताको २०० थान अक्सिजन कन्सन्ट्रेटर दिएको छ। चीन सरकारले सहयोगस्वरुप दिएको ४०० अक्सिजिन सिलिन्डर र १० थान भेन्टिलेटर ल्याउँदा कम्पनीको कन्सन्ट्रेटर पनि ल्याइएको थियो। नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट ल्याइएको कन्सन्ट्रेटर कम्पनीका अध्यक्ष शतिसकुमार मोरले स्वास्थ्यमन्त्री हृदयेश त्रीपाठीलाई हस्तान्तरण गरे।

बेलायतले भारतलाई दियो १०० भेन्टिलेटर, ९५ अक्सिजन कन्सेन्ट्रेटर

एजेन्सी। भारतमा कोरोना संक्रमणबाट उत्पन्न संकटबीच बेलायतबाट १ सय भेन्टिलेटर र ९५ अक्सिजन कन्सेन्ट्रेटर भारत आइपुगेको छ। अक्सिजन र भेन्टिलेटरको संकटबीच बेलायतले भारतलाई सहयोग गरेको हो। लगातार संक्रमितको संख्या बढ्दै जाँदा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएको छ। यद्यपि कडा लकडाउनका कारण संक्रमितको संख्यामा केही कमी देखिन थालेको छ। मुम्बईमा केही दिनदेखि संक्रमितको संख्या दैनिक चार हजारसम्म घट्न थालेको छ।