योजना अलपत्र पार्ने सुर्खेतका १० ठेकेदारको सूची गृहमन्त्रालयमा - Naya Patrika
निर्माण योजना अलपत्र पार्ने सुर्खेतका १० ठेकेदारको सूची गृहमन्त्रालय पठाइएको छ । विभिन्न योजनामा ठेक्का सम्झौता गरी काम अलपत्र पार्ने निर्माण व्यवसायीको तथ्यांक जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय पठाइएको स्रोतले...पूरा पढ्नुहोस् »
तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने भएको हो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले वर्षौंदेखि योजना अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोडिने बताउनुभएको छ । गण्डकी प्रदेशमा अहिले पनि सडक/पुल गरेर १५ वटा योजना अलपत्र अवस्थामा रहेको उहाँले उल्लेख गर्न‘भयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदार पालेर अब प्रदेश बस्दैन । पटक पटक काममा फर्किन प्रदेश सरकारले दिएको निर्देशनलाई अटेर गर्नेसँग सम्झौता तोडिन्छ ।” म्याग्दीको बेनीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको मिलनचोक–सल्यान–घाहेखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको सोमबार स्थलगत निरिक्षणका क्रममा उहाँले यस्तो भन्नुभएको हो ।
तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारवाही गर्ने तयारी गरिएको हो । ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र […]
जिल्लाको मुख्य राजनैतिक दबाब र पहुँच पुग्न नसक्दा जिल्लाका ठूला र मुख्य मानिएका आर्थिक तथा सामरिक महत्त्व राख्ने योजना वर्षौंदेखि अलपत्र परेका छन् । केन्द्रीय राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा पहुँच राख्ने ‘नेता’ ठेकेदारले दुर्गम जिल्लाका ‘साना’ नेताको दबाब बेवास्ता र अटेरी गर्दा समयमा कार्यस्थलमा परिचालन नहुने, काम अधकल्चो छोडेर अलपत्र पार्ने क्रम बढ्दो भएको हो ।
खोटाङ – सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको छ। दिक्तेल-खोटाङबजार सडक अन्तरगत अस्पताल चोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै नगरपालिकाले आइतबार निर्माण कम्पनी काम ढुकुछु/बगाले/बिएनटी जेभीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको […]
नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ। निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ। भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे।
पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।
जिल्लाका ६ ठेकेदारलाई काम सुचारु गर्न सातदिने अल्टिमेटम दिइएको छ । जिल्लामा निर्माण भइरहेका भौतिक संरचनाहरू कामै नगरी अलपत्र पार्ने ठेकेदारलाई शिघ्र काम सुचारुगर्न सम्बन्धित कार्यालयले सातदिने अल्टिमेटम दिएको हो...पूरा पढ्नुहोस् »
डोल्पा : जिल्लाका ६ ठेकेदारलाई सरकारले सातदिने अल्टिमेटम दिइएको छ। जिल्लामा निर्माण भइरहेका भौतिक संरचनाहरू कामै नगरी अलपत्र पार्ने ठेकेदारलाई शीघ्र काम सुचारु गर्न सम्बन्धित कार्यालयले सातदिने अल्टिमेटम दिएको हो। डोल्पामा भवन डिभिजन कार्यालय जुम्लामार्फत सातवटा भवन निर्माण भईरहेका छन्।
निर्माण भईरहेका संरचनामा तीनवटा खोनप...