जिल्लाको मुख्य राजनैतिक दबाब र पहुँच पुग्न नसक्दा जिल्लाका ठूला र मुख्य मानिएका आर्थिक तथा सामरिक महत्त्व राख्ने योजना वर्षौंदेखि अलपत्र परेका छन् । केन्द्रीय राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा पहुँच राख्ने ‘नेता’ ठेकेदारले दुर्गम जिल्लाका ‘साना’ नेताको दबाब बेवास्ता र अटेरी गर्दा समयमा कार्यस्थलमा परिचालन नहुने, काम अधकल्चो छोडेर अलपत्र पार्ने क्रम बढ्दो भएको हो ।