सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्ति सारियो मन्दिरमा

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्राको पाँचौँ एवं अन्तिम दिन भव्य सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएको छ ।पाँचौँ दिन आज रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँचदिने जात्रा आजैदेखि अन्त्य भएको समितिका संयोजक, काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा सेतो मच्छिन्द्रनाथको पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिए । प्रत्य