लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई पाल्पाको तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ ।
नगरपालिकाले किसानलाई ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।
व्यावसायिकरूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगर प्रमुख अशोककुमार शाहीले बताए । लैनो भैंसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैंसीपालन गरी २ वटा पुर्याउनुपर्नेछ ।
किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका नि...