कर्णाली प्रदेश सरकार तथा यहाँका स्थानीय तहले उद्धार गर्ने नाममा जिल्ला भित्राएका सयौ नागरिकले क्वारेन्टाईनमा बस्न अटेरी गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ । एक नगरपालिका सहित सात गाउँपालिका रहेको जुम्लामा प्रदेश सरकारले विभिन्न जिल्लाबाट गरी सयौ नागरिक पठाएको छ । तर जिल्ला भित्रिएका अधिंकाश नागरिकले क्वारेन्टाइन व्यवस्थापन राम्रो नभएको भन्दै बस्न मानेका छैनन् ।
चन्दननाथ नगरपालिकामा काठमाडौ, नेपालगन्ज, सुर्खेत लगायतका जिल्लाबाट भित्रिएका ६३ जना क्वारेन्टाईन बस्न नमानेपछि घर पठाइएको मेयर कान्तिका सेजुवालले बताईन् । हाल दैनिक सयौका हिसाबले जिल्लामा भित्रिएका छन् । यता तातोपानी गाउँपालिकामा आएका ५२ जनाले पनि व्यवस्थापन राम्रो नभएको भन्दै जनप्रतिनिधि संग बिबाद गरी क्वारेन्टाईनमा बस्न नमानी घर गएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए ।