इसेवा मनी ट्रान्सफरको नयाँ अभियान - 'नेपालमा पैसा पठाउँदा काठमाडौँमा घर उपहार'

इसेवा मनी ट्रान्सफरले  “मेरो डिजिटल देश” अभियान ल्याएको छ। कम्पनीले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन अभियान घोषणा गरेको हो । कम्पनीका अनुसार यो अभियान असोज ७, २०७९ बाट सुरु भएर फाल्गुन ६, २०७९ सम्म जारि रहने छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको  कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन्। साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्ने छन्। यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिना सम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जनाएको छ । अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले भने ‘आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका सवै नेपालीको योगदान उत्तिकै महत्वपुर्ण छ, अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश बिकासमा भूमिका अतुलनिय हुन जान्छ । इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल करोवारका लागि समर्पित रहिआएको सबैलाई यथावत नै छ। आज हामी यस अभियान मार्फत विदेशमा रहनुहुने समस्त दाजुभाइ तथा दिदी बहिनीहरुलाइ डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन अपिल गर्दै, विश्वभर भएका नेपालीहरुलाइ देश डिजिटल बनाउने अभियानमा जोड्न हामी  मेरो डिजिटल देश “ सुरु गर्न लागेको जानकारी गराउन चाहान्छौँ ’ ।  अभियानमा महाँनायक राजेस हमाल समेत जोडिएका छन्। कम्पनीका अनुसार उनी यस अभियान संग जोडिएर इसेवा मनी ट्रान्सफर संगै देश तथा विदेशमा गइ डिजिटल रेमिट्यान्स सम्बन्धि जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउने छन्। साथै, अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवर्दनात्मक बिभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ ।अभियान बारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, 'यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशत भन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रीत हुने छ । विश्वका बिभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्याउनु हुने ति सहयोगी हातहरु मध्ये केहि लाई ६ महिने यस अभियानका दौरान हामी विशेष रुपमा सम्मान गर्नेछौं ।'इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । 

सम्बन्धित सामग्री

इसेवा मनी ट्रान्सफर र इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै यूएईमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्ने इसेवा मनी ट्रान्सफरले जनाएको छ । इमिरेट्स इण्डिया मार्फत नेपालमा बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिने कम्पनीले जनाएको […]

इसेवा मनी ट्रान्सफर र युएईको लुलुबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र युनाइटेड अरब इमिरेट्स (युएई)को लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले...

इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल वैशाख ३० गते एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी  इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो ।यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुर

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र इसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरी रहेका ७ हाजर बढी सहकारी संस्थाबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ […]

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानीका लागि सम्झौता भएको छ ।सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखारहित […]

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।  यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको...

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न कम्पन