सोमबार निर्वाचन आयोगले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दियो । चैत २६ गते भृकुटीमण्डपमा गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आयोगको आरोप छ । यस्तै नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले स्पष्टिकरण सोध्यो । केहीदिन अघि सार्वजनिक कार्यक्रममा कोइरालाले अघिल्लो बर्षको प्रतिनिधि सभाको चुनावमा ६ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि सो को विवरण ७ दिनभित्र बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी