विश्वमा कोरोनाको संक्रमण रोक्न विभिन्न प्रकारका खोपको प्रयोग भइरहेका छन् । यही बाटो पछ्याउँदै क्यानडा सरकारले विश्वकै पहिलो वनस्पतिमा आधारित खोप स्वीकृत गरेको छ। यसको नाम 'कोभिफेन्ज' हो। यसको विकास क्यानाडाको क्युबेक शहरमा भएको छ।कोभिफेन्ज खोप क्यानाडामा बनाइएको पहिलो कोरोना खोप हो। यो क्युबेक सिटीमा आधारित मित्सुबिशी केमिकल र फिलिप मोरिसको स्वामित्वमा रहेको बायोफार्मा कम्पनीहरू मेडिकागो र ग्लाक्सो स्मिथक्लाइनद्वारा निर्माण गरिएको हो। यससँगै यो विश्वकै पहिलो कोरोना खोप बनेको छ जुन ख