गण्डकीमा कांग्रेसले टुंग्यायो मन्त्री, सबै समानुपातिक

नेपाली कांग्रेसले गण्डकी प्रदेशको मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुंग्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम शुक्रबार टुंगो लगाएका हुन् ।

सम्बन्धित सामग्री

विकृत समानुपातिक र खस्किंदो लोकतन्त्र

समानुपातिक प्रतिनिधित्वको व्यवस्था नेपालको संविधान २०७२ को अभिन्न अङ्ग हो। समाजका विभिन्न जातीय समूह, सीमान्तकृत वर्ग र समुदायहरूको राज्यमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने अवधारणाको पछाडि यो समानुपातिक सिद्धान्तलाई संविधानले अंगीकार गरेको हो। यद्यपि, राजनीतिमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न अंगीकार गरिएको समानुपातिक निर्वाचन प्रणाली भने वर्तमान स्वरूपमा यो संविधानको सबैभन्दा विवादास्पद र संदिग्ध रूपमा हेरिएको विषय […]

समानुपातिक सांसदले पाए प्रमाणपत्र

निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ। निर्वाचन सम्पन्न भएको एक महिनापछि आयोगले विभिन्न दलबाट सिफारिस भएर आएका समानुपातिक उम्मेदवारहरुलाई निर्वाचित गर्दै प्रमाणपत्र प्रदान गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुन्छन् भने सात वटा प्रदेशसभामा गरी २२० जना। आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै […]

समानुपातिक सकस

महिलाकै समानुपातिक प्रतिनिधित्वलाई हेर्ने हो भने सबैभन्दा धेरै दुरूपयोग भएको छ। प्रत्यक्ष निर्वाचनका बेला सकेसम्म कम महिलालाई उम्मेदवार बनाउने गरिएको छ।...

समानुपातिक कोटाबाट पनि पहुँचवालाकै प्रवेश

काठमाण्डाै - पहुँच नपुगेको क्षेत्र व्यक्तिलाई संसदमा पुर्याउनका लागि समावेशी सिद्धान्तकाे आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीमा पनि पहुँचवालाकै पकड रहेको छ । दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका आफन्त तथा नेतृत्वलाई रिझाउन बारम्बार उनीहरुको अघिपछि हुनेहरुले देखिन्छ । क्लस्टर अनुसार प्रतिनिधित्व गराउनुपर्ने र सङ्घीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्य...

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं, मंसिर २४ । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन […]

समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानूनमा हेरफेर

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानून हेरफेर गरेको छ । समानुपातिक सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेशसभाको कानुन बाझिएको भन्दै आयोगले कानून संशोधन गरेको हो । संशोधनपछि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरुपता आएको छ । प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्द […]

यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । राप्रपाले आदिवासी जनजाति (आज)तर्फ पहिलो नम्बरमा तामाङको नाम राखेको छ ।आजको महिलातर्फ विना र खस-आर्यको पुरुषतर्फ पहिलो नम्बरमा पशुपति शम्शेर राणाको नाम छ ।राप्रपाका समानुपातिक उम्मेदवार

यी हुन् लोसपाका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।जस अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीले ११० जनाकै नाम सूचीमा समावेश गरेको छ । यी हुन् लोसपाका ११० समानुपातिक उम्मेदवार :

यी हुन् सबै दलका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदे

समानुपातिक प्रणालीका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

३१ साउन, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगका सचिव गोकर्णमणि दवाडीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानेर प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्छ । त्यसका लागि दलहरुले उम्मेदवारको […]