काठमाण्डाै - पहुँच नपुगेको क्षेत्र व्यक्तिलाई संसदमा पुर्याउनका लागि समावेशी सिद्धान्तकाे आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीमा पनि पहुँचवालाकै पकड रहेको छ ।
दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका आफन्त तथा नेतृत्वलाई रिझाउन बारम्बार उनीहरुको अघिपछि हुनेहरुले देखिन्छ ।
क्लस्टर अनुसार प्रतिनिधित्व गराउनुपर्ने र सङ्घीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्य...