बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।