यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्ध भारतले रोज्यो ब्याटिङ

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भारतले टस जितेर दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । अपराजित भारतसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्र हुनेछ । नेपाल यसअघि सुपर सिक्समै […]

सम्बन्धित सामग्री

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम

काठमाडौं – दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोली प्रतियोगिताको सुपर सिक्समा पुगेको थियो । विश्वकप खेलेर फर्केका नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । नेपालले विश्वपकमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको […]

अफगानिस्तानसँगको खेलमा नेपालका दुई खेलाडी परिवर्तन

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको छ । पहिले बलिङ गर्ने नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा […]

यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक […]

यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने

काठमाडौं, ५ माघ।आईसीसी यू–१९विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ।प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।नेपाल प्रतियोगिताको समूह‘डी’मा परेको छ।नेपालको समूहमा अफगानिस्तान,न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्।यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१मा न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेल जनवरी २४मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७मा अफगानिस्तानसँग खेल्नेछ।

नेपालका चार खेलाडी आसीसीको ‘प्लेअर टू वाच’ मा

काठमाडौं – यू–१९ विश्वकप क्रिकेट अघि आइसीसीले नेपालका चार खेलाडीलाई ‘प्लेअर टू वाच’ मा राखेको छ । प्रतियोगिता अघि आइसीसीले सार्वजनिक गरेको ‘प्लेअर टू वाच’मा नेपालका गुलशन झा, देव खनाल, अर्जुन कुमाल र दुर्गेश गुप्ता पनि परेका छन । गुलशन र देव राष्ट्रिय टोलीबाट पनि खेलिसकेका हुनाले टिममा राम्रो प्रभाव पार्न सक्ने खेलाडी रहेको आइसीसीले […]

दक्षिण अफ्रिका सर्‍यो नेपालले खेल्ने यू–१९ विश्वकप क्रिकेट

यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । यसअघि श्रीलङ्कामा हुने तय भएको विश्वकप दक्षिण अफ्रिका सरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो ।

नेपालले पहिलो पटक यू–१९ विश्वकप क्रिकेट आयोजना गर्ने

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]

२०२७ को यू–१९ विश्वकप क्रिकेट नेपाल र बंगलादेशले आयोजना गर्ने

नेपाल र बंगलादेशले सन् २०२७ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको आयोजना गर्ने भएका छन् ।

यू–१९ विश्वकप क्रिकेट विजेता खेलाडीलाई जनही ४० लाख भारु

यू–१९ विश्वकप क्रिकेट उपाधि विजेता भारतीय खेलाडीले जनही ४० लाख भारु पुरस्कार पाउने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले आइतबार टोलीका प्रत्यके खेलाडीलाई जनही ४० लाख भारु प्रदान गर्ने घोषणा गरेको हो ।