मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

कात्तिक १२, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. ४५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।