मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

जेठ १७, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. ५७२ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीे जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।