काठमाण्डाै - प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।
किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । यो प्रस्तावमाथि अहिले संसदमा छलफल हुँदैछ ।
एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफ...