इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

१० जेठ, काठमाडौं । इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदहरुले दर्ता गरेका छन् । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् । […]