२६ असार, काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य जनशक्ति (चिकित्सक, नर्स, मिडवाइफ) सन्तुलित हुनुपर्छ । स्वास्थ्यका लागि मानवस्रोत सम्बन्धी विश्वव्यापी रणनीतिः जनशक्ति २०३० अनुसार प्रति हजार जनसंख्यामा स्वास्थ्य जनशक्तिको अनुपात ४.४५ हुनुपर्छ । नेपालले यो अनुपात भेट्टाएको छैन । भएको जनशक्तिमा पनि चिकित्सकको चर्को अभाव छ भने नर्सको संख्या आवश्यकता भन्दा बढी देखिएको छ […]