काठमाण्डाै - सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ ।
मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।
मन्त्रालयले विज्ञप्ति निकालेर जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्था...