तीन वर्षपछि पायो गुल्मी कारागारले स्वास्थ्यकर्मी

गुल्मी : तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले बल्ल स्वास्थ्यकर्मी पाएको छ।कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा  काजमा  रहनुभएको थियो। स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नुपरेको थियो।जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले मन्त्रालयमा कडाइका साथ पत्राचार गरेर काजमा रहेका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ गतेदेखि नियमित काममा रहेको ब