काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २० गते बसेको बैंकको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको हो । संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष