साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

काठमाडौं : र्‍याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ।मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन)लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन्।शोका जज समेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन्।यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको छ। यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरूले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो। कार्यक्