स्याङ्जा : राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकामा जडान गरिएको छ। कोरोना संक्रमित बढेसँगै अक्सिजनको माग अत्याधिक भएपछि केन्द्रले प्लान्टको निर्माण सुरु गरेको थियो। २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टमा भीरकोट नगरपालिकाको १० लाख र राष्ट्रिय आविष्कार केन्द्रको १० लाख रुपैयाँ लगानी रहेको छ। उक्त प्लान्टमा सातवटा कन्सन्ट्रेटर प्रयोग गरी प्रतिमिनेट ६५ लिटर अक्सिनज उत्पादन भैरहेको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानक