महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका मुद्दामा प्रहरी प्रशासन र अदालत गम्भीर नभएको आरोप लगाएकी छन् । कार्यपालिका र न्यायपालिका दुवै निकायले महिलाका सवालमा गम्भीरतापूर्वक काम नगरेकाले महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध न्यूनीकरण गर्न समस्या भएको उनको भनाइ छ । रातोपाटीसँग कुरा गर्र्दै उनले महिला हिंसाको न्यूनीकरण नहुनु भनेको कार्यान्वयनको पाटो कमजोर हुनु भएको बताइन् । ‘कार्यान्वयनको पाटो भनेको प्रहरी प्रशासन हो । त्यसैले कडाइका साथ अनुसन्धान र कारव