ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउने चटारो

ताप्लेजुङ, कात्तिक १६ । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ […]

सम्बन्धित सामग्री

दसैंमा ताप्लेजुङका किसानलाई अलैंची टिप्ने चटारो, बगानमै दसैंको भाले काटेर खाए

ताप्लेजुङ – नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूणर्िमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका […]

मागअनुसार उत्पादन नहुँदा अलैंचीको भाउ बढ्यो

यतिबेला ताप्लेजुङमा प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची टिप्न किसानलाई चटारो छ। अहिले तल्लो भागमा अलैँची पाकेर थन्क्याउने बेला भइसेको छ भने माथिल्लो भेगमा धमाधन टिप्ने, छोडाउने र सुकाउने काम भइरहेको...

ताप्लेजुङमा किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यति बेला अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । चाडबाड सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मंसिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङका किसानले अलैंचीलाई प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएका हुन् । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैंची टिप्ने गरिन्छ । […]

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ । अहिले अलैंची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा

अलैंची भित्र्याउन व्यस्त किसान

प्रदेश १ का विभिन्न पहाडी जिल्लामा किसानलाई अलैंची भित्र्याउने चटारो छ । केही वर्ष राम्रो मूल्य हुँदा अलैंची खेतीलाई कालो सुनको नाम दिइएको हो ।केही वर्षअघि राम्रो मूल्य पाएसँगै किसाले अलैंची खेती विस्तार गर्दै आएका छन् । तर निरन्तर मूल्यमा गिरावट आएपछि किसानले सोचे जस्तो आम्दानी भने लिन सकेका छैनन् । राम्रो मूल्य पाउन थालेपछि […]

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैंची उत्पादन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका इन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न र सुकाउन भ्याइनभ्याइ छ । पाकेको अलैंची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैंची विक्री गर्दै आएका छन् । तिहारको बेला ताप्लेजुङका किसानलाई अलैंची घरमा भित्र्याउन चटारो छ । अलैंची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैंची चाँडो पाके पनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजंघा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैंची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिका रूपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैंची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए । ‘भूगोल अनुसारको जातको अलैंची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ,’ उनले भने । कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैंची खेतीतर्फ आकर्षित हुने गरेको उनको भनाइ छ । अलैंची विक्री गरी बर्सेनी जिल्लामा करोडौं रकम भित्रिने गरेको छ । अलैंचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैंची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैंची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैंची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा अलैंची उत्पादन गरिँदै आएको छ । रासस

तिहार मनाउँदै, खेती थन्क्याउँदै

देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको परिचय बनाएको ताप्लेजुङसहित पूर्वीपहाडका लेकाली भेगमा अलैची टिप्ने र थन्क्याउने चटारो छ । बेसी क्षेत्रबाट भदौ पहिलो सातादेखि टिप्न सुरु भएको अलैची लेकाली भेगमा मंसिर पहिलो हप्तासम्म टिप्ने र थन्क्याउने चटारो हुन्छ ।केटाकेटीदेखि वृद्धसम्मलाई अलैंची सिजनले व्यस्त बनाएको छ । नेपालीहरूको ठूलो पर्व दसंै तिहार र अलैंची पाक्ने […]

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ– ताप्लेजुङमा यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन् । अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन् । उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ । सिरिजंगा गाउँपालिका—६ का अलैंची कृषक हर्क माबो घर छेडेर अलैंची बगानमा बसेको करिब महिना हुन लाग्यो । उनले यस वर्षको दशैँ पनि बगानमै […]

अलैंची संकलन गर्न व्यस्त किसान

दशैं नजिकिनै लाग्दा ताप्लेजुङका किसान अलैंची बाली भित्र्याउन व्यस्त छन् । पाकिसकेको अलैंली संकलनमा ढिलो गर्दा चरा मुसाले नष्ट गर्ने भएपछि किसानलाई चटारो भएको हो ।

अलैंची भित्र्याउने चटारो

पूर्वी पहाडी जिल्लाका किसानलाई कालो सुनको नामले परिचित अलैंची भित्र्याउने चटारो सुरु भएको छ । किसानले लगाएको अलैंची निकाल्ने बेला भएकाले चटारो सुरु भएको हो । नजिकिँदै गरेको ठूला चाडपर्वका लागि खर्च जुटाउनसमेत किसानले अलैंची निकालेर बिक्री गर्ने गरेका छन् ।