महाेत्तरी – जनकपुरधाम ७ का माछा बजारका १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय महाेत्तरी जलेश्वरमा आज बिहीवार भएकाे पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएकाे हाे ।
पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका ४ घर भइ जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्ने वर्ष ३२ का जितकुमार यादव, त्यही ठाउँका २१ वर्षीय कृष्ण यादव, वर्ष २५ का सन्तोषकुमार सुडी, धनुषा औरही गाँउपालिका २ घर भइ क्षीरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा बस्ने वर्ष २१ ...