बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

म्याग्दी । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो ।  करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।  धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको छ । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको छ ।  करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान त रोकिएको छ । सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको  छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । 'फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ' उनले भने, 'ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।' स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताए । 'फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ,' उनले भने, 'पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।' रासस

सम्बन्धित सामग्री

फापरखेतमा पहिरो, बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

फापरखेतमा पहिरो, बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

बेनी-दरबाङ सडक अवरुद्ध

२६ साउन, गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् । बिरामीलाई बोकेर पहिरो पार गराउने …

पहिराे पन्छाएपछि बेनी–जोमसोम सडक खुल्याे, बेनी–दरबाङ सडक अझै अवरुद्ध

म्याग्दी – पहिरो खसेर गए रातिदेखि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खुलेको छ । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक आज मङ्गलवार दिउँसाेदेखि सञ्चालनमा आएकाे हो । हिजाे सोमवारदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले बेनी–जोमसोम सडक खण्डको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, कुलौटे, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको गुईँठेमा अवरुद्ध सडक पह...

४ दिनपछि खुल्याे बेनी–दरबाङ सडक

म्याग्दी – पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएकाे सडक हिजो (बुधवार) बेलुकीदेखि सञ्चालनमा आएको हो । बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएकाे थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्याल...

पहिरोले दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन

गलेश्वर – आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन्। म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ। पहिराको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ। उक्त सडक खण्ड […]

बेनी–दरबाङ सडक खुल्यो, बेनी–जोमसोम र बेनी–पोखरा सडक खण्ड फेरि बन्द

म्याग्दी – निरन्तरको वर्षाका कारण गर्दा पहिरो खसेर बन्द बनेको बेनी–दरबाङ सडक फेरि सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिका जोड्ने सडक खण्ड मर्मतपछि मङ्गलवार बेलुकीदेखि सञ्चालनमा आएको हो ।  बेनी नगरपालिका ४ तातोपानी नजिकै घुमाउने भिर तथा मालिका गाउँपालिका ६ मा रहेको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको थियो । बन्द सडक प्रहरीको पहलमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  ...

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भीषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघु गङ्गा गाउँपालिका–३, चमेरे, रघुग

बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डमा चार ठाउँमा पहिरो, यातायात ठप्प

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन्