म्याग्दी – पहिरो खसेर गए रातिदेखि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खुलेको छ । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक आज मङ्गलवार दिउँसाेदेखि सञ्चालनमा आएकाे हो ।
हिजाे सोमवारदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले बेनी–जोमसोम सडक खण्डको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, कुलौटे, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको गुईँठेमा अवरुद्ध सडक पह...