बलिउड कलाकार आदित्य सील र अनुष्का रञ्जनको विवाहको पार्टीमा पुगेकी आलिया भट्टले लगाएको ब्लाउजलाई सामाजिक सञ्जालमा बेस्सरी उडाइएको छ ।
आधुनिक शैलीको लेहेंगा चोली लगाएर पुगेकी आलियालाई निर्ममतापूर्वक ट्रोल गरिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो किसिमको चोलीलाई पचाउन सकेनन् । ढाड ह्वांग भएको क्रस नेकेट ब्लाउज आलियालाई फिटिक्कै सुहाएको देखिएन । आलियाले हरियो र गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् ।
इन्स्टाग्राममा मानिसहरूले बान्ता गरेको इमोजी पोस्ट गरेका छन् ।