सन् २०१६ मा यात्रु संख्याको आधारमा पहिलो भएको नेपाल एयरलाइन्स सन् २०१७ मा दोस्रोमा झरेको छ। लामो समयदेखि २ वटा विमानबाट मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सन् २०१५ मा दुई एयरबस–३२० विमान थप गरेसँगै २०१६ मा काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमा सबैभन्दा बढी यात्रु बोकेको थियो। सन् २०१६ को मध्यसम्म ४ विमानबाट…