सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्षको विद्रुप रूपले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने हो कि भन्ने भय बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउने खतरनाक खेल सुरु भएकाले त्यस्तो अवस्था आउन नदिन सबै उपाय अपनाउने बताएका छन् । राष्ट्रपति एउटा गौरवपूर्ण संस्था हो । संघीय लोकतान्त्रिक गणतन्त्रको …