काठमाण्डौ - काठमाण्डौसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।
वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तर, प्रदेश-१ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश-१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश-१ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्...