कुमारी बैंक Kumari Bank Limited ले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । उतm सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १० गते देखी १८ गतेसम्म सामान खरिद गर्दा छुट प्राप्त गर्नेछन् ।सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सय सम्मको छुट पाउनेछन् । कुमारी बैंकले हाल १९६ शाखा, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट सेवा दिँदै आएको छ ।