बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।दराजबाट सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २५ सयसम्म छुटको पाईनेछ ।दशैंलाई लक्षित गरी दराजले असोज १० गतेदेखि दशैँ धमाका योजना ल्याएको हो ।बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।