काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगी खेल्ने क्रममा घाइते भएका छन्।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार च्यासल युथ क्लबसँगको खेलका क्रममा मनिष मैदानमै घाइते भएका हुन्। मच्छिन्द्र क्लबका खेलाडी उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ।६५औं मिनेटमा हेडिङ गर्ने क्रममा उनी च्यासलका यानिक केचसँग ठोकिन पुगेका थिए। टाउको ठोकिँदा उनी मैदानमै ढलेका थिए।