अमेरिकामा नोभेम्बरको मूल्यबृद्धि ४ दशककै बढी, गतबर्षको तुलनामा ६.८ प्रतिशत बृद्धि

अमेरिकामा नोभेम्बरमा मूल्यबृद्धि झण्डै ४ दशककै इतिहासमा सबैभन्दा उच्चबिन्दुमा पुगेको छ । गतबर्षको तुलनामा भने यो मूल्यबृद्धि ६ दशमलव ८ प्रतिशले बढी हो । शुक्रबार ब्यूरो अफ लेबरले यसबारेको औपचारिक तथ्यांक सार्वजनिक गरेको हो । अक्टोबरको तुलनामा यो मूल्यबृद्धि शुन्य दशमलव ८ प्रतिशतले बढी रहेको छ । अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीति फैलिदै गर्दा मूल्यबृद्धि पनि उच्च […]

सम्बन्धित सामग्री

मौद्रिक नीतिले पार्न सक्ने प्रभावबारे बैंकर डा. बुद्धि मल्लको लेख

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुमा लामो समयदेखि लगानीयोग्य रकमको अभाव भईरहेको र बिदेशी मुद्रा सञ्चितिमा कमि भईरहेको, शेयर बजार पनि घटिरहेको अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने अपेक्षा बिच आएको मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै, उत्पादनशील क्षेत्रमा प्रवाह गराई आर्थिक बृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा राखेको छ । मौद्रिक नीतिको सारंश १. निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण ।२. ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु¥याउने ।३. शेयर कर्जा एउटा वा समग्र संस्थाबाट १२ करोड कर्जा पाईने ।४. कोरोनाको कारणले स्थिगित गरिएको काउन्ट साईक्लिकल बफर २ प्रतिशत २०८० असार मसान्तसम्म कार्यान्वयनमा लैजाने ।५. कर्जा बृद्धि भन्दा पनि उत्पादनशिल कर्जा बृद्धि गर्न जोड दिईने ।६. कोभिडको कारणले दिईएका सहज नियमाकिय ब्यवस्थालाई कटौति गर्दै बिवेकशिल नियमाकिय ब्यवस्था लागु गर्ने ।७. कृषि, उत्पादाशिल क्षेत्र, निर्यात तथा कोभिडबाट अति प्रभावित क्षेत्रलाई पुनरकर्जा उपलब्ध गराईने ।८. निश्चित उत्पादनशिल क्षेत्र र अन्य ब्यापारिक कर्जाको ब्याजदर अन्तर कायम गरिने ।९. साना, घरेलु, लघु तथा मध्यम उद्यमहरुको लागि कर्जा पहुँच बढाउने ।१०. डिजिटाइजेसन मार्फत वित्तीय साक्षरता, वित्तीय पहुँच र वित्तीय समावेशितामा जोड ।११. ब्याजदर करिडोर अन्तर्गतको दरलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंकदर ८.५ प्रतिशत गरिएको ।१२. बैंक तथा बित्तिय संस्थाहरुलाई तोकेको ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलव्ध गराइने ।१३. अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पु¥याइने ।१४. वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीरुले १० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिने ।१५. बाणिज्य बैंकहरु र लघुबित्तहरु २०७९ पौष मसान्तभित्र एकिकृत कारोवार गरेमा मात्र मर्जर सम्बन्धि पाउने छुटहरु पाउने र शेयर कारोवार पनि रोक्का नहुने ब्यवस्था मिलाउने ।१६. ऋणपत्रहरुलाई २०८० असार मसान्तसम्म कर्जा निक्षेप अनुपातमा गणना गर्न पाईने ।१७. ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने ।१८. २ करोडसम्मको बिभिन्न उत्पादनशिल क्षेत्र कर्जामा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने ।१९. प्रयोजन नखुलेका ब्यक्तिगत कर्जामा कडाई, काठमाण्डौ भित्र मुल्याङकनको ३० प्रतिशत र बाहिर ४० प्रतिशतसम्म मात्रै लगानी गर्न पाईने ।२०. सहकारीहरुको नियमनको लागि सहजिकरण र प्रभावकारी सुपरिवेक्षणको लागि सहयोगी भूमिका खेल्ने ।२१. विप्रेषण भित्र्याउन सहज ब्यवस्था मिलाउने ।२२. विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गर्न पाउने ।।मौद्रिक नीतिले पार्नसक्ने प्रभाव१. कर्जाको बृद्धिदर १२.६ प्रतिशतको मात्रै प्रक्षेपण गरिएकोले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हांसिल गर्न चुनौति देखिन्छ ।२. अनिवार्य नगद अनुपातमा १ प्रतिशतले बृद्धि गरेकोले बैंक तथा बित्तिय संस्थाहरुले थप ५० अर्ब भन्दा बढि रकम जम्मा गर्नुपर्ने भएकोले बैंक तथा बित्तिय संस्थाहरुको आम्दानी घट्ने ।३ मर्जरको सुविधा पाउने समय पौष मसान्तसम्म कारोवार गरेमा पाउने ब्यवस्था गरेकोले थप केहि बैंक र लघुबित्तहरु मर्जरमा जाने सम्भावना, मर्जरमा जाने कम्पनीहरुको शेयर कारोवार रोक्का नहुने ब्यवस्थाले शेयर धनीहरुलाई राहत ।४. ऋणपत्रलाई कर्जा निक्षप अनुपातमा २०८० असारसम्म गणना गर्नपाउने ब्यवस्थाले बैंक तथा बित्तिय संस्थाहरुलाई केहि समयको लागि राहत तर, त्यसपछि गणना गर्न नपाउने भएकोले बैंक तथा बित्तिय संस्थाहरुले अहिलेको अनुपात हेरेर ढुक्कसंग लगानी गर्ने अवस्था नरहेको ।५. उत्पादनशिल क्षेत्र कर्जा र अन्य ब्यापारिक कर्जाको ब्याजदरमा अन्तर गर्ने ब्यवस्थाले उत्पादनशिल क्षेत्र कर्जालाई प्रोत्साहन मिल्ने तर, यस्ता बिभिन्न क्षेत्रहरुको कर्जाको ब्याजमा २ करोडसम्म आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम लिन पाउने ब्यवस्थाले बैंकको मुनाफामा नकरात्मक असर पर्ने ।६. ब्याजदर कोरिडोरमा १.५ प्रतिशतको बृद्धिले ब्याज बढ्न गई कर्जाको निष्क्रिय कर्जा समेत बढ्न सक्ने ।७. विप्रेषण भित्र्याउन सहजिकरण भएमा विप्रेषण बढेर बिदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने ।८. ब्यक्तिगत कर्जा कडाईले साना ब्यक्तिगत कर्जा लिने ग्राहकहरु सहकारी र ब्यक्तिगत लगानीकर्ताहरुसंग कर्जा लिने बातावरण बन्ने ।९. सहकारीहरुको नियमन र सुपरिवेक्षले वित्तिय सुशासन र स्थायित्वमा सकरात्मक भूमिका खेल्ने ।समग्रमा, मौद्रिक नीतिले अहिलेको अवस्थामा १२.६ प्रतिशत मात्रै कर्जा बिस्तार गर्ने र त्यो पनि उत्पादनशिल क्षेत्रलाई नै प्राथमिकता दिएको सकरात्मक मान्नुपर्छ । मूल्यबृद्धि नियन्त्रण गर्न ब्यादर बृद्धि गरिएको भएतापनि समग्रमा ब्याजदरले अर्थतन्त्र र बैंकको निष्क्रिय कर्जालाई नकरात्मक असर पार्र्न सक्छ । कर्जाको बृद्धि दरमा कमि, थप अनिवार्य नगद अनुपात, बैंकहरुको कर्जाको ब्याजदर निर्धारण ब्यवस्था आदिको कारणले बैंकको मुनाफामा असर पार्ने भएकोले यस बर्ष बैंक तथा बित्तिय संस्थाहरु संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिनुपर्ने देखिन्छ । अन्तमा, मौद्रिक नीतिले आफ्नो लक्ष्य प्राप्त गरोस् र यसमा सबैले सहयोग गरौं, शुभकामना । डा. बुद्धि मल्ल एनएमबी बैंकका एसीस्टेन्ट जनरल म्यानेजर हुन् ।

‘आयातमा गरिएको कडाइले मूल्यबृद्धि भयो’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेको महँगीको धेरै कारणमध्ये आयातमा गरिएको कडाई एक प्रमुख कारण रहेको बताएका छन् । संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको निर्वाचनको समयमा बढ्दो मुल्य बृद्धि तथा बजार अनुगमन विषयक सचेतनामूलक कार्यक्रममा प्रजिअ रिजालले उक्त कुरा बताएका हुन् ।उनले अनुगमनले मात्र मूल्यबृद्धि नियन्त्रण नहुने जिकिर गरे । उनले जिल्ला प्रशासन कार्यालयसँग बजार नै अनुगमन गर्न छुट्टै जनशक्ति नभएकाले प्रभावकारी अनुगमनमा समस्या श्रृजना भएको बताए  ।यस्त

सरकारको विरोध गर्दै युवा संघको प्रदर्शन

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले खोप प्रकरण, मूल्यबृद्धि लगाएत बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन भन्दै विरोध प्रदर्शन गरको हो । गठबन्धन सरकारले जनघाती कदमहरु अघि बढाएको भन्दै विरोध गरिएको युवा संघले जनाएको छ । उनीहरुले मूल्य बृद्धि खारेज गर, गुमेको […]

अमेरिकामा अचानक ग्रोसरीको मूल्यबृद्धि, आगामी दिनमा अझ बढ्ने, यस्तो छ कारण !

अमेरिकामा हुनुहुन्छ भने सम्भवत तपाईले खाद्यान्न लगायत घरका लागि आवश्यक सामाग्रीको मूल्य बढेको अनुभव गर्नुभएको होला । तपाईले सन् २०२२ मा पनि ग्रोसरीका लागि धेरै मूल्य तिर्नुपर्ने अवस्था आउने सम्भावना रहेको छ । सेप्टेम्बरदेखि अक्टोबरसम्म किराना सामानको भुक्तानी मुल्य १ प्रतिशतले बृद्धि भएको छ । यो गत बर्षको यही समयको तुलनामा ५ दशमलव ४ प्रतिशतले […]

बजारमा दैनिक उपभोग्य वस्तुको दैनिकै मूल्य वृद्धि

काठमाडौं, साउन २५ । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा पनि मूल्यबृद्धि नियन्त्रण लाई प्राथमिकता दिइएको छ । तर कार्यक्रम घोषणा भएको भोलिपल्टै बजारमा तेलहन र दलहनको मूल्य केजीमा १० रुपैयाका दरले बृद्धि भएको छ । हुन त यो मात्र मुल्य बृद्धिको पहिलो दृष्टान्त होइन । पछिल्लो बैशाख १६ देखि जारी लकडाउन यता मात्र हरेक वस्तुको […]

बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य तत्काल बृद्धि नहुने

काठमाडौं । नेपाल आयाल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने भएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भएको हो ।आइतबार एक सूचना जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा  इण्डियन आयल कर्प...

बजारभाउ मनपरी, महँगी बढ्यो, उपभोक्ता मर्कामा

लामो समयको कोरोनाले पिल्सिएका उपभोक्ता महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य सामानमा एक्कासि भारी मात्रमा मूल्य बढ्दा उपभोक्ताको चुल्हो महँगाे भएको हो । पछिल्लो महिना खाने तेल, चामल, केराउलगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बढी मात्रमा तेलमा लापरबाही तरिकाले मूल्य बृद्धि भएको बताउनुहुन्छ । एउटै ब्राण्डको तेलमा पनि फरक –फरक एमआरपी राखेर मूल्य राखेर बजारमा पठाउने गरेको पाइएको छ । एक महिना अगाडि भटमासको तेल प्रति केजी १६५ एमआरपी मूल्य भएकोमा अहिले २१० एमआरपी मूल्य पुगेको व्यापार संघका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । सनफ्लावरको तेल प्रति केजी केही दिन अघि १८५ एमआरपी मूल्य भएकोमा अहिले २२५ पुगेको छ । यसै गरी तोरीको तेलमा  पनि   मूल्य बृद्धि भएको  व्यापार संघको भनाइ छ । यसको साथै बढी मात्रमा हरियो केराउको मूल्य केही दिन अघि प्रति केजी ९० रुपियामा पाइनेमा बढाएर एक सय रुपियाँ पु¥याएको छ । चामलमा प्रति बोरा एक सय रुपियाँसम्म बढाएको पाइएको छ । नेपालमा उत्पादित चामलले नपुगेको कारण भारतबाट आयात गर्नुपरेको कारण चामलको मूल्य बढेको व्यवसायी बताउँछन् । भारतमा पनि चामल नपुगेको कारण अर्को मुलुक भियतनामबाट चालम ल्याउनुपरेकोले भारतमै चामलको मूल्यबृद्धि भएको कुरा व्यापारीहरुलाई बुझन खोज्दा उक्त कुरा बताउने गरेको व्यापार संगका अध्यक्ष श्रेष्ठ गोरखापत्र अनलाइलाई बताउनुहुन्छ ।

पेट्रोलियम पदार्थको मूल्य फिर्ता हुँदैन: आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नहुने जनाएको छ। निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने बताएका छन्। शुक्रबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अन्तराष्ट्रियस्तरमै मूल्यबृद्धि भएकाले त्यसको विरोध गर्नु सान्दर्भिक नभएको तर्क गरे। ‘मूल्य बृद्धि हामीले गरेका होइनौँ, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा गरिएको हो’ उनले भने ‘निगमको मासिक घाटालाई…