काठमाडौं- फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको छ। निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको हो। ४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ। निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए। ‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ […]