कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो । टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा सहाराको कथा बुनिएको छ ।