एजेन्सी । प्यालेष्टीनी भुमी गाजामा विस्थापितहरुले शरण लिएको एउटा विद्यालयमा इजरायली हवाई हमला हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । हमलामा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलका अनुसार इजरायलसँग युद्ध शुरु भएयता बन्द गरिएको उक्त विद्यालयमा विस्थापितहरुको अस्थायी शिविर रहेको थियो । घटनामा थुप्रै घाइते भएका छन् […]