नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सोमवार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गत हप्ता ज्योतिनगर र लक्ष्मीनगर झरेको पहिरो प्रभावित क्षेत्रमा उनले निरीक्षण गरेका हुन् ।
ठूलो वर्षापछि चुरे क्षेत्रका वस्तीमा पहिरो खसेर घरहरूमा क्षति पुर्याएको थियो ।
पौडेल तीन दिन रूपन्देही बस्नेछन् । मंगलवार पौडेलले एमाले प्रदेश कमिटीको बुटवलमा हुने बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।